भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

गाजामा मृत्यु संख्या ७५ हजार नाघ्यो, स्वतन्त्र अध्ययनले उच्च क्षति देखायो

गाजामा मृत्यु संख्या ७५ हजार नाघ्यो, स्वतन्त्र अध्ययनले उच्च क्षति देखायो

काठमाडौं, ७ फागुन । गाजा मा इजरायली आक्रमणका कारण ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ७५ हजार नाघेको बताइएको छ ।Al Jazeera का अनुसार हालै सार्वजनिक भएका स्वतन्त्र अध्ययनहरूले गाजाको स्वास्थ्य मन्त्रालयले यसअघि सार्वजनिक गर्दै आएको तथ्यांकभन्दा वास्तविक मृत्युदर उल्लेख्य रूपमा उच्च रहेको देखाएका छन् ।

The Lancet मा प्रकाशित पियर–रिभ्युड अध्ययनले आधिकारिक तथ्यांक अपूर्ण रहेको र हजारौँ मानिसहरूको मृत्यु अभिलेखीकरण हुन बाँकी रहेको औँल्याएको छ । शोधकर्ताहरूका अनुसार भग्नावशेषमुनि पुरिएका, अस्पतालसम्म पुग्न नसकेका तथा भोकमरी वा उपचार अभावका कारण ज्यान गुमाएका व्यक्तिहरूको संख्या आधिकारिक गणनामा नसमेटिएको हुन सक्छ ।

७५ हजार नाघेको आँकडामा ठूलो हिस्सा महिला र बालबालिकाको रहेको उल्लेख गरिएको छ । अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौतापछि पनि इजरायली आक्रमण जारी रहेको र त्यसयता ६०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको जनाइएको छ ।

स्वास्थ्य संरचनाको व्यापक क्षति, अस्पतालहरूको विनाश तथा अत्यावश्यक औषधिको अभावका कारण घाइतेहरूको मृत्युदर बढ्दै गएको बताइएको छ । कूटनीतिज्ञहरूले बढ्दो मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा इजरायलले युद्धविराम उल्लंघन गरेको भन्दै आलोचना गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.