भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

इजरायलको आक्रमणबाट गाजामा ५० जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा ५० जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा उनीहरू मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। मध्य गाजाको आक्रमणमा नुसेरत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको स्कुलमा रहेका २५ जनाभन्दा धेरै मारिएको अल जजिराले उल्लेख गरेको छ।

गत अक्टोबर ७ देखि हालसम्म इजरायलको आक्रमणमा परी हमास समूहका १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। हजारौँ मानिस घाइते भएका छन्। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.