भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलको आक्रमणबाट गाजामा ५० जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा ५० जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा उनीहरू मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। मध्य गाजाको आक्रमणमा नुसेरत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको स्कुलमा रहेका २५ जनाभन्दा धेरै मारिएको अल जजिराले उल्लेख गरेको छ।

गत अक्टोबर ७ देखि हालसम्म इजरायलको आक्रमणमा परी हमास समूहका १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। हजारौँ मानिस घाइते भएका छन्। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.