भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने नयाँ प्रतिबन्ध घोषणा

जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने नयाँ प्रतिबन्ध घोषणा

एजेन्सी । जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने नयाँ प्रतिबन्ध घोषणा गरेका छन् । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै उक्त प्रतिबन्धको घोषणा गरेको हो ।

‘यो युक्रेनविरुद्ध रुसको आक्रामक युद्धमा इरानको सैन्य समर्थनको थप वृद्धि हो र यसले इरानी मिसाइल युरोपेली भूमिमा पुगेको देखिनेछ, यसले युक्रेनी जनताको पीडा बढाएको छ’, उनीहरूले भनेका छन्, ‘यो कृत्य इरान र रुस दुवैले बढाएको कदम हो र युरोपेली सुरक्षाका लागि सिधै खतरा हो।’

तीनै मुलुकले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नतत्काल कदम चाल्ने बताएका छन्। ‘यसबाहेक हामी इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र रुसलाई ब्यालेस्टिक मिसाइल तथा अन्य हतियार स्थानान्तरणमा सामेल महत्त्वपूर्ण संस्था र व्यक्तिहरूको ओहोदाको जाँच गर्नेछौँ’, उनीहरूले भनेका छन्।

‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक मिसाइलको खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताउनुभएको थियो ।

लण्डन, पेरिस र बर्लिनले ‘इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण चेतावनी’ का बाबजुद यदि उसले मिसाइल पठाएको छ भने, ‘इरानले यी हतियार स्थानान्तरण गरेको पुष्टि भएको छ’ भनेका छन्।

 


Thali Mobile Pvt.Ltd.