भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

फुल्चोकी–नौधारा सडकखण्डमा हिलोमै कालोपत्रे, वडाध्यक्षले भत्काइदिए

फुल्चोकी–नौधारा सडकखण्डमा हिलोमै कालोपत्रे, वडाध्यक्षले भत्काइदिए

काठमाडौं । ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कालोपत्रे गरिएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् । हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ छ ।

सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ । हिलो कालोपत्र नगर्न पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार ठेकेदार कम्पनीले मापदण्ड पुर्‍याएर सडक पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.