भर्खरै : Sorry, your browser does not support inline SVG.

चितवनका दुग्ध उत्पादकले गत कात्तिकदेखि पाएनन् दूधको भुक्तानी, ७० करोड बढी बक्यौता

चितवनका दुग्ध उत्पादकले गत कात्तिकदेखि पाएनन् दूधको भुक्तानी, ७० करोड बढी बक्यौता

काठमाडौं । चितवनका दुग्ध उत्पादकले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको बताएका छन्।

जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ। ११४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्।

दुग्ध विकास संस्थानको मंसिरयताको २२ करोड रुपैयाँ बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्। सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ। यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ। जिल्लामा ५०० सय हाराहारी पशुपालन फार्म छन्। यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसीबाट दूध उत्पादन हुँदै आएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.