सुनको भाउ तोलामा ११ सयले बढ्यो

सुनको भाउ तोलामा ११ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ। बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.