भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

इथियोपियामा पहिरोमा परी दुई सयभन्दा धेरैको मृत्यु

इथियोपियामा पहिरोमा परी दुई सयभन्दा धेरैको मृत्यु

काठमाडौं । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय २९ पुगेको हो । पहिरामा परेर अझै धेरै जना बेपत्ता रहेका छन् ।

उद्दार टोलीले पाँच जनाको उद्दार गरेर अस्पताल पुर्‍याएको छ । पहिरोबाट घरबार गुमाएकालाई सुरक्षित ठाउँमा लगेर खाने र बस्ने व्यवस्था गरिएको छ । स्थानीय अधिकारीका अनुसार एकै ठाउँमा एकपछि अर्को गर्दै लगातार पहिरो गएकाले धेरै क्षती भएको छ ।

इथियोपियामा यही जुलाई महिनाको शुरुदेखि ठूलो वर्षा भएर विभिन्न क्षेत्रमा पहिरो जान थालेको चिनियाँ समाचारसंस्था रोयटर्सले जनाएको छ । अबको दुई महिना आउने सेप्टेम्बरसम्म खराब मौसमको सामना गर्नु पर्ने खबरमा उल्लेख छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र सचेत रहन आग्रह गरिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.