भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनचाँदीको भाउ घट्यो, आज सुन प्रतितोला ३ लाख १७ हजारमा झर्‍यो

सुनचाँदीको भाउ घट्यो, आज सुन प्रतितोला ३ लाख १७ हजारमा झर्‍यो

काठमाडौं, २८ फागनु । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको जनाएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य केही समयअघि उच्च विन्दुमा पुगेको थियो । गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च रेकर्ड कायम भएको थियो ।

यसैबीच चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २०५ रुपैयाँ घटेर ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.