भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

इराकमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय

इराकमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय

काठमाण्डौ, १२ पुष । सरकारले इराकमा कार्यरत नेपाली श्रमिकलाई अभिलेखीकरणमा ल्याउनको लागि श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएको बेला आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारको यो निर्णयले इराकमा कार्यरत झन्डै ३० हजार नेपाली श्रमिकका लागि नेपाल आउजाऊ गर्न बाटो खुल्नेछ ।

२०६१ साल भदौमा इराकमा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । त्यसयता पनि इराकमा विभिन्न ठाउँमा नेपाली श्रमिकले काम गर्दै आएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.