भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

हुम्लाको खार्पुनाथ–२ थालीमा आगलागी : १६ महिने बालकको ज्यान गयो, आमा घाइते

हुम्लाको खार्पुनाथ–२ थालीमा आगलागी : १६ महिने बालकको ज्यान गयो, आमा घाइते

हुम्ला, १२ पुष । हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा भएको आगलागीमा एक १६ महिने बालकको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागीमा १६ महिने रेबेन्द्र जेठाराको मृत्यु भएको हो। घटनामा उनकी आमा बर्रा जेठारा घाइते हुनुभएको छ।

रामराज जेठाराको घरमा हिजो साँझ आगलागी हुँदा मानवीय तथा ठूलो भौतिक क्षति भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार खाना पकाउने क्रममा कोठाको छेउमा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागी भएको अनुमान गरिएको छ।

आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको खार्पुनाथ गाउँपालिका–२ का वडाध्यक्ष चन्द्र रावलले जानकारी दिनुभयो। स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घाइते बर्रा जेठाराको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.