भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

नयाँ सरकारको शासकीय सुधार १०० बुँदे कार्यसूची स्वीकृत

नयाँ सरकारको शासकीय सुधार १०० बुँदे कार्यसूची स्वीकृत

काठमाडौँ, १५ चैत्र । सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने उद्देश्यसहित दलीय ट्रेड युनियन खारेज गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

अस्ति बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर–१२ मा दलीय ट्रेड युनियन हटाउने उल्लेख गरिएको छ।

कार्यसूचीअनुसार निजामती कर्मचारी, शिक्षक, प्राध्यापक लगायत सबै राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि दल वा समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुन नपाउने व्यवस्था गरिनेछ।

यसका लागि आवश्यक कानुनी आधार तयार गर्न संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने योजना सरकारले अघि सारेको छ।

साथै, सरकारी कागजात हुलाकमार्फत घरघरमा पुर्याउने महत्वकांक्षी योजना पनि शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा समावेश गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.