भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भरुवा बन्दुकको छर्रा लागेर सार्कीको मृत्यु, ६ जना पक्राउ

भरुवा बन्दुकको छर्रा लागेर सार्कीको मृत्यु, ६ जना पक्राउ

दोलखा । भरुवा बन्दुक पड्किएर छर्रा लाग्दा एक पुरुषको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव सार्कीको मृत्यु भएको हो । आफैंले बोकेको भरुवा बन्दुक अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्रा लागेको उनका साथीहरुले बताए ।

घाइते भएका सञ्जिवलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।

सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि शिकार खेल्न गएका स्थानीय ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालको छ ।

तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.