भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने इजरायली प्रधानमन्त्रीको भनाइ

हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने इजरायली प्रधानमन्त्रीको भनाइ

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताएका छन् । विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताएका हुन् ।

यसअघि पनि इजरायलले हमासविरुद्धको कारबाही नरोकिने बताउँदै आएको थियो । अमेरिकी संसदमा नेतन्याहुले सम्बोधन गर्दैगर्दा सत्तारूढ डेमोक्रेटिक पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए भने धेरैले विरोध जनाएका थिए । उनीहरूले आफूहरू हिंसा र नरसंहारको विरोधी भएको बताएका बीबीसीले जनाएको छ ।

प्यालेस्टाइनको हमास समूह, इरान, लेबनानको हिजबुल्लाह समूह तथा यमनको हुथी विद्रोहीमाथिको कारबाहीमा इजरायल जुटेको भन्दै नेतन्याहुले अमेरिकी समर्थन र सहयोगको लागि आग्रह गरे । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.