काठमाडौं । उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा एक लाखभन्दा धेरै विद्यालय बन्द भएका छन् । गर्मी बढिरहेकाले विद्यालयहरूको गृष्मकालीन बिदा दुई हप्तासम्म लम्बिने भएको हो । पाकिस्तानको केही क्षेत्रमा ५० डिग्रीभन्दा धेरै तापक्रम पुगेकाले सिन्ध प्रान्तका केही क्षेत्रमा विद्यालयहरुले १ महिना अघिदेखि बिदा दिन थालेका थिए ।
जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । त्यहाँ धेरै पटक तातो लहर ‘लु’ चल्ने भएकाले बालबालिका जोखिममा रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सिन्ध प्रान्तका विद्यालय गर्मीका कारण प्रभावित भएका छन् ।
विद्युत् आपूर्ति सङ्कटका कारण १२ घन्टासम्म लोडसेडिङ हुँदा पनि गर्मी धेरै खेप्नु पर्ने स्थानीयले बताएका छन् । गर्मीका कारण विद्यालय बन्द हुनुपर्ने र लोडसेडिङका कारण बालबालिकाले पढ्न नपाउने भएकाले विद्यार्थीको पढाइबारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । अमेरिकामा एकै दिन साढे पाँच सय जना पक्राउ परेका छन् । अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियानमा एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ परेका हुन ।...
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने उनको आदेशलाई अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको...
एजेन्सी । अमेरिकामा आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको हो । आगलागीबाट अहिलेसम्म...
एजेन्सी । भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन्। मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको बताएको छ । मन्त्रालयले...