भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि हमासले वार्तामा सहभागि नहुने निर्णय गरेको हो ।

हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले एक पत्रकार सम्मेलन गरेर इजरायलले निर्दोष नागरिक मारिरहेको अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हमासले गएको जुलाई २ मा भएको सम्झौताको पालना गर्न इजरायलबाट स्पष्ट प्रतिबद्धता खोजेको थियो, जुन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावमा आधारित थियो ।

जुन २ तारिखको सहमति कार्यान्वयनमा इजरायल सहमत भए मात्रै वार्तामा बस्न सकिने बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामबारे छलफल गर्न कतारमा वार्ता प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएपछि आज दोहामा वार्ता हुँदैछ ।

आजको वार्ताको उद्देश्य गाजामा रहेका समस्याहरूको समाधान गर्नु र मानवीय अवस्थालाई सम्बोधन गर्नु हो । तर हमासका प्रतिनिधि नै उपस्थित नहुने भएपछि आजको वार्ताले कुनै पनि सहमति गर्ने सम्भावना कम रहेको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.