भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि हमासले वार्तामा सहभागि नहुने निर्णय गरेको हो ।

हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले एक पत्रकार सम्मेलन गरेर इजरायलले निर्दोष नागरिक मारिरहेको अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हमासले गएको जुलाई २ मा भएको सम्झौताको पालना गर्न इजरायलबाट स्पष्ट प्रतिबद्धता खोजेको थियो, जुन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावमा आधारित थियो ।

जुन २ तारिखको सहमति कार्यान्वयनमा इजरायल सहमत भए मात्रै वार्तामा बस्न सकिने बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामबारे छलफल गर्न कतारमा वार्ता प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएपछि आज दोहामा वार्ता हुँदैछ ।

आजको वार्ताको उद्देश्य गाजामा रहेका समस्याहरूको समाधान गर्नु र मानवीय अवस्थालाई सम्बोधन गर्नु हो । तर हमासका प्रतिनिधि नै उपस्थित नहुने भएपछि आजको वार्ताले कुनै पनि सहमति गर्ने सम्भावना कम रहेको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.