भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युद्धविरामको सम्भावना क्षीण

युद्धविरामको सम्भावना क्षीण

गाजा । इजरायल र हमासबीच जारी युद्ध सेप्टेम्बर ७ तारिखमा १२औँ महिनामा प्रवेश गरेको छ ।युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायत मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै संकेत देखिएको छैन।

इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आआफ्नो अडानमा अडिग छन् । गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन् । हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए।

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.