भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी

स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी

काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले बबरहलस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन् । न्यूनतम् प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्‍याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरू आन्दोलनरत रहेका छन् ।

उनीहरूले प्रोत्साहन रकमलाई मासिक रुपमा तलबी रुपमा स्थायीत्त्व गराउन पनि माग गरेका छन् । आफ्नो माग पूरा गराउन दबाव दिनको लागि आइतबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा उनीहरूले तालाबन्दी गरेका हुन् ।

आफ्नो मागहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरूले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.