भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

अत्यधिक चिसोमा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

अत्यधिक चिसोमा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जाडोयाममा तापक्रम घट्दा यी समूहका व्यक्तिहरूमा स्वास्थ्य जोखिम उच्च हुने उल्लेख गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । चिसोका कारण हुनसक्ने रोग तथा लक्षण न्यूनीकरण गर्न धुवाँ–धुलोबाट जोगिन, पोषणयुक्त सन्तुलित आहार लिन, न्यानो लुगा लगाउन, भिटामिन–सीयुक्त फलफूल तथा सागपात पर्याप्त मात्रामा सेवन गर्न, सरसफाइमा ध्यान दिन र प्रशस्त झोल पदार्थ पिउन मन्त्रालयले सुझाव दिएको छ ।

मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम अस्वाभाविक रूपमा घट्दा शीतलहर, हुस्सु, कुहिरो तथा हिमपातले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरेको छ । यस अवधिमा रुघाखोकी, ज्वरो, दम, सास फेर्न गाह्रो हुने समस्या तथा शीताङ्ग (हाइपोथर्मिया) का बिरामी बढ्ने गरेका छन् । पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कजस्ता महत्वपूर्ण अंगमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदरसमेत बढाएको मन्त्रालयको भनाइ छ ।

चिसोका कारण स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । साथै आगो तथा ताप्ने उपकरण सुरक्षित र खुला स्थानमा मात्र प्रयोग गर्न, प्रयोगपछि निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्नसमेत अनुरोध गरिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.