भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

भेनेजुएलामा आपतकाल घोषणा, अमेरिकी आक्रमणपछि मादुरोको कडा कदम

भेनेजुएलामा आपतकाल घोषणा, अमेरिकी आक्रमणपछि मादुरोको कडा कदम

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । राजधानी काराकाससहित विभिन्न शहरहरूमा अमेरिकाले तीव्र सैन्य आक्रमण गरेपछि उनले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति मादुरोले अमेरिकी कदमको कडा आलोचना गर्दै यो आक्रमण भेनेजुएलाको तेल तथा खनिज स्रोतमा नियन्त्रण जमाउने उद्देश्यले गरिएको आरोप लगाएका छन्। उनका अनुसार यसले देशको राजनीतिक स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ ।

बीबीसीको रिपोर्टअनुसार जारी आधिकारिक वक्तव्यमा काराकासमाथि भएको आक्रमणको मुख्य लक्ष्य भेनेजुएलाका रणनीतिक प्राकृतिक स्रोतहरू, विशेष गरी तेल र खनिज, कब्जा गर्नु रहेको उल्लेख गरिएको छ। साथै, यसलाई देशको सार्वभौमिकतामाथिको जबर्जस्ती आक्रमणको रूपमा व्याख्या गरिएको छ ।

मादुरोले सम्पूर्ण देशलाई समेट्ने गरी ‘बाह्य अस्थिरता’ को अवस्था लागू गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। उनले आवश्यक समय र परिस्थितिअनुसार सबै राष्ट्रिय सुरक्षा तथा रक्षा योजनाहरू कार्यान्वयन गर्न सुरक्षासम्बन्धी निकायलाई निर्देशनसमेत दिएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.