भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा

काठमाडौं, ११ पुष ।  सरकारले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यसहित ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना मातहतका निकायहरू, देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्रमार्फत उक्त कार्यक्रम लागू गरेको हो।

‘हेल्प अस टु हेल्प यु’ कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले ‘१० प्रश्न’ मार्फत आफूले खोजेका प्रमुख जानकारी तथा उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयले यसअघि नै वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, ती विभागअन्तर्गतका ११ वटा श्रम तथा रोजगार कार्यालय तथा देशभरका ७५३ पालिकामा रहेका रोजगार सूचना केन्द्रलाई पत्राचार गरिसकेको जनाएको छ।

श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगीबाट जोगाउने उद्देश्यले ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सुरु गरिएको जानकारी दिए।

उनका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग तथा समाधान कल सेन्टरलाई उक्त १० प्रश्न प्रणालीसँग जोडिनेछ। यी सबै स्थानबाट कार्यालय समयभित्र श्रमिकले सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.