भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नाइजेरियामा आईएस समूहविरुद्ध अमेरिकाको घातक सैन्य आक्रमण

नाइजेरियामा आईएस समूहविरुद्ध अमेरिकाको घातक सैन्य आक्रमण

एजेन्सी, ११ पुष । अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध शक्तिशाली र घातक सैन्य आक्रमण गरेको छ।

यस आक्रमणको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा पोस्ट गर्दै उक्त सैन्य कारबाही आफ्नै निर्देशनमा सम्पन्न भएको बताएका छन्।

अलजजिराका अनुसार राष्ट्रपति ट्रम्पले नाइजेरियामा इसाई समुदायमाथि भइरहेको क्रुर हत्यामा संलग्न समूहहरूलाई लक्षित गर्दै आक्रमण गरिएको स्पष्ट पारेका छन्।

यूएस अफ्रिका कमान्डले नाइजेरियाली अधिकारीहरूको अनुरोधमा उत्तर–पश्चिम नाइजेरियाको सोकोतो राज्यमा, नाइजरसँग सीमा जोडिएको क्षेत्रमा यो आक्रमण गरिएको जनाएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो नेतृत्वमा रहेको अमेरिका कट्टर इस्लामिक आतंकवादलाई कुनै पनि हालतमा फस्टाउन नदिने दाबी गरेका छन्। इसाईहरूको हत्या जारी रहे यस्ता सैन्य कारबाही अझ तीव्र बनाइने चेतावनीसमेत उनले दिएका छन्।

ट्रम्पले पछिल्ला केही महिनादेखि नाइजेरियामा इसाई समुदायले भोग्दै आएको पीडाप्रति विशेष ध्यान दिँदै आएका छन्। यसै क्रममा उनले गत नोभेम्बरमा अमेरिकी रक्षा सचिवलाई सम्भावित सैन्य कारबाहीका लागि तयारी गर्न निर्देशन दिएका थिए।

अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देश नाइजेरियामा आवश्यकता परे अमेरिका प्रत्यक्ष सैन्य हस्तक्षेप गर्न सक्ने चेतावनीसमेत उनले यसअघि दिएका थिए।

 


Thali Mobile Pvt.Ltd.