भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम गाँजा बरामद

आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम गाँजा बरामद

काठमाडौँ, ८ फागुन। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेखलाई पक्राउ गरिएको हो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मोहम्मद जुनैद र समीना अख्तर बैग मिर्जाबाट करिब ३ किलो ८७० ग्राम तथा अफसाना अमीर हुसेन शेखबाट करिब ७ किलो ४०० ग्राम गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.