भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा ‘हुड्के साँझ’ आयोजना

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा ‘हुड्के साँझ’ आयोजना

काठमाडौँ, १२ चैत । ६१ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड परिसरमा ‘हुड्के साँझ’ कार्यक्रम आयोजना गरिएको छ ।

कर्णाली सङ्ग्रहालयलगायतका संस्थाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दलित समुदायको ऐतिहासिक सांस्कृतिक नाच ‘हुड्के’ प्रस्तुत गरिएको थियो । कार्यक्रम डा. गोविन्द नेपालीको संयोजनमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न कलाकारहरूले हुड्का नृत्य तथा गीत–संगीत प्रस्तुत गर्दै कर्णालीको सामाजिक जनजीवन, गरिबी, असमानता तथा दलित समुदाय र महिलामाथि हुने विभेदलाई सांस्कृतिक माध्यमबाट चित्रण गरेका थिए । साथै उनीहरूले भदौ २३ र २४ का घटनाक्रम, हालै सम्पन्न निर्वाचन र गणतन्त्रको मर्मसमेत समेटेर सन्देशमूलक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागी विश्लेषक तथा प्राध्यापक डा. विद्यानाथ कोइरालाले हुड्के संस्कृति पश्चिम नेपालको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको परम्परा भएको उल्लेख गर्दै यसको थप अध्ययन आवश्यक रहेको बताए । उनले वेदमा समेत हुड्कासम्बन्धी उल्लेख पाइने भन्दै यसको ऐतिहासिक गहिराइतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

त्यसैगरी, डा. तारालाल श्रेष्ठले दलित समुदायका कलाहरू समृद्ध भए पनि संरक्षण र प्रवर्द्धनमा राज्यले पर्याप्त चासो नदिएको बताए । उनले हुड्के नाचजस्ता सांस्कृतिक सम्पदाको अध्ययन र संरक्षणमा विशेष पहल आवश्यक रहेको बताए ।

संविधानसभा सदस्य अझिलाल ओखेडाले हुड्के नाच दलित समुदायको मात्र नभई सिङ्गो कर्णाली क्षेत्रको साझा सांस्कृतिक सम्पत्ति भएको उल्लेख गर्दै यसले विभिन्न जातजातिबीच एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा जातीय विभेदविरुद्ध आवाज उठाउँदै आएका दलित नेता तथा अभियन्ताहरूको सहभागिता रहेकाे थियो ।

 


Thali Mobile Pvt.Ltd.