भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

देशका विभिन्न भागमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

देशका विभिन्न भागमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाण्डौ, १२ चैत्र । मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार, भोलि देशका सबै पहाडी तथा हिमाली भेग, साथै सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हावाहुरी, मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

पर्सि भने कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँमा, साथै बाँकी हिमाली र पहाडी भेगका थोरै ठाउँमा हावाहुरी र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने पूर्वानुमान महाशाखाले जारी गरेको छ।

महाशाखाले जानकारी दिएको छ कि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा, चट्याङ र हिमपातको सम्भावना रहिरहेकाले नागरिकहरूले सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको छ।

 


Thali Mobile Pvt.Ltd.