भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशका विभिन्न भागमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

देशका विभिन्न भागमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाण्डौ, १२ चैत्र । मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार, भोलि देशका सबै पहाडी तथा हिमाली भेग, साथै सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हावाहुरी, मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

पर्सि भने कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँमा, साथै बाँकी हिमाली र पहाडी भेगका थोरै ठाउँमा हावाहुरी र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने पूर्वानुमान महाशाखाले जारी गरेको छ।

महाशाखाले जानकारी दिएको छ कि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा, चट्याङ र हिमपातको सम्भावना रहिरहेकाले नागरिकहरूले सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको छ।

 


Thali Mobile Pvt.Ltd.