भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघ प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघ प्रमुखको आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघ का महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। साथै उनले इरानलाई छिमेकी राष्ट्रहरूमाथि आक्रमण रोक्नसमेत आह्वान गरेका छन्।

मध्यपूर्वको पछिल्लो अवस्थाबारे सञ्चारकर्मीसँग कुरा गर्दै गुटेरेसले मानवीय पीडा बढ्दै गएको, सर्वसाधारणको हताहती वृद्धि भइरहेको र यसको विश्वव्यापी आर्थिक प्रभाव गम्भीर बन्दै गएको बताएका छन्। उनले अहिले नै युद्ध अन्त्य गर्नुपर्ने उपयुक्त समय भएकोमा जोड दिएका छन्।

यसै अवसरमा महासचिव गुटेरेसले द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्र संघको प्रयासलाई प्रभावकारी बनाउन जिन अर्नाल्टलाई आफ्नो व्यक्तिगत दूतका रूपमा नियुक्त गरेको घोषणा गरेका छन्।

गुटेरेसले लेबनानमा जारी तनावबारे पनि चिन्ता व्यक्त गर्दै हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा भइरहेको सैन्य कारबाही तथा हवाई हमला बन्द गर्न आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.