भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघ प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघ प्रमुखको आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघ का महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। साथै उनले इरानलाई छिमेकी राष्ट्रहरूमाथि आक्रमण रोक्नसमेत आह्वान गरेका छन्।

मध्यपूर्वको पछिल्लो अवस्थाबारे सञ्चारकर्मीसँग कुरा गर्दै गुटेरेसले मानवीय पीडा बढ्दै गएको, सर्वसाधारणको हताहती वृद्धि भइरहेको र यसको विश्वव्यापी आर्थिक प्रभाव गम्भीर बन्दै गएको बताएका छन्। उनले अहिले नै युद्ध अन्त्य गर्नुपर्ने उपयुक्त समय भएकोमा जोड दिएका छन्।

यसै अवसरमा महासचिव गुटेरेसले द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्र संघको प्रयासलाई प्रभावकारी बनाउन जिन अर्नाल्टलाई आफ्नो व्यक्तिगत दूतका रूपमा नियुक्त गरेको घोषणा गरेका छन्।

गुटेरेसले लेबनानमा जारी तनावबारे पनि चिन्ता व्यक्त गर्दै हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा भइरहेको सैन्य कारबाही तथा हवाई हमला बन्द गर्न आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.