भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

गाजामा जारी द्वन्द्व र मानवीय सङ्कटकाबारेमा छलफल

गाजामा जारी द्वन्द्व र मानवीय सङ्कटकाबारेमा छलफल

एजेन्सी । इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले छलपल गरेका छन् । उनले द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरेको जनाइएको छ।

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि यस क्षेत्रमा तनाव बढ्दै गएको बेला ब्लिन्केन क्षेत्रीय भ्रमणको भागको रूपमा शुक्रवार राति इस्तानबुल पुगेक थिए। टर्कीका राष्ट्रपतिसँग भेट हुनुअघि ब्लिन्केनले टर्कीका विदेशमन्त्री हाकान फिदानसँग दुई घण्टा लामो भेटवार्ता गरेका थिए ।

जसमा दुवै मन्त्रीले गाजामा जारी द्वन्द्व र मानवीय सङ्कटका साथै स्विडेनको नेटो सम्मिलित प्रक्रियालगायत अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो।

 


Thali Mobile Pvt.Ltd.