भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्यो

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। निगमले आज रातिदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

त्यसैगरी, हवाई इन्धनको मूल्यमा भने कटौती गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतारचढाव तथा लागत संरचनाका आधारमा मूल्य समायोजन गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.