भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्यो

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। निगमले आज रातिदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

त्यसैगरी, हवाई इन्धनको मूल्यमा भने कटौती गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतारचढाव तथा लागत संरचनाका आधारमा मूल्य समायोजन गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.