भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

भारतको आसममा बाढीका कारण १८ जनाको मृत्यु

भारतको आसममा बाढीका कारण १८ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यी जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिस बाढीबाट प्रभावित भएको एक अधिकारीले बताएका छन् । कछारमा भने चार जना बेपत्ता भएका खबरमा उल्लेख छ । अधिकारीहरूले पाँच सय ७७ गाउँ डुबानमा परेको र झन्डै छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) काअनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा एक सय ९१ राहत शिविर तथा एक सय आठ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्र्याकमा क्षति पुगेको कारण केही रेल सेवा पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

गएको मे महिनामा पश्चिम बङ्गाल र बङ्ग्लादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुर राज्यमा बाढी आएको हो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.