काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् ।
बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।
यी जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिस बाढीबाट प्रभावित भएको एक अधिकारीले बताएका छन् । कछारमा भने चार जना बेपत्ता भएका खबरमा उल्लेख छ । अधिकारीहरूले पाँच सय ७७ गाउँ डुबानमा परेको र झन्डै छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।
आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) काअनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा एक सय ९१ राहत शिविर तथा एक सय आठ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्र्याकमा क्षति पुगेको कारण केही रेल सेवा पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।
गएको मे महिनामा पश्चिम बङ्गाल र बङ्ग्लादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुर राज्यमा बाढी आएको हो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...