भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

विस्फोटक पदार्थसहित दुई युवक पक्राउ

विस्फोटक पदार्थसहित दुई युवक पक्राउ

काठमाडौं । संखुवासभामा विस्फोटक पदार्थ लिएर हिँडेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाल र सोही ठाउँका २७ वर्षकै वसन्त कुमाल छन् ।

तुम्लिङटारबाट मोटरसाइकलमा लेगुवातर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेले बताए ।

को १७ प ११८७ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुबाट डेटोनेटर, इमल्सन एक्सप्लोसिभ लेखिएको विस्फोटक पदार्थ २ सय ग्राम, निओजल, कालो बारुद बरामद भएको लामिछानेले बताए ।

 

 

 


Thali Mobile Pvt.Ltd.