भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

सरकारी सञ्चार माध्यममा भएको पुर्वाग्रही व्यवहार प्रति प्रेस सेन्टरको खबरदारी

सरकारी सञ्चार माध्यममा भएको पुर्वाग्रही व्यवहार प्रति प्रेस सेन्टरको खबरदारी

काठमाडौं । सरकार परिवर्तनसँगै सरकारी सञ्चारमाध्यमले दिने समाचार तथा समाचारमुलक सामग्री सरकारपक्षीय राजनीतिक दलको प्रभावमा तयार भइ प्रकाशन एवम प्रशारण गर्ने कार्य स्वतन्त्र पत्रकारिताको मूल्य मान्यता अनुकुल नभएपछि प्रेस सेन्टर नेपालले खवरदारी जनाएको छ ।

यस्ता गतिविधिले सरकारी सञ्चारमाध्यमको विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह खडा हुने भन्दैव्यवस्थापन र सम्पादकले राजनीतिक आस्थाका आधारमा समाचारमा प्रभाव पार्ने कार्य गलत भएको ठहर संगठनको छ । पत्रकार तथा विभागीय कर्मचारीमाथि गरिने विभेदपूर्ण व्यवहारले उनीहरुको मनोबल खस्किने मात्र नभई यी सञ्चारमाध्यमको कार्यसम्पादन र विश्वसनीयतामा समेत गम्भीर आघात परेको सेन्टरले बताएको छ ।

यसरी राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पत्रकारको नियुक्ति, सरुवा, बढुवा, घटुवा, निस्कासन, सेवा सुविधा बढाउने, घटाउने जस्ता कार्यले पेसागत सुरक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको भन्दै सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्षको व्यवहारप्रति खबरदारी जनाएको हो । अविलम्ब यस्ता हर्कतमाथि सुधार गर्न व्यवस्थापन पक्षसँग गम्भीर ध्यानाकर्षण प्रेस सेन्टरले गराएको छ ।

अन्यथा श्रमजीवी पत्रकार तथा कर्मचारीको हक हित तथा पेशागत सुरक्षाका साथै सार्वजनिक सञ्चार संस्थानहरुको प्रतिष्ठाको सुरक्षाका लागि प्रेस सेन्टर नेपाल जुनसुकै कदम चाल्न तयार रहेको जनाएको छ ।

यस्तो छ विज्ञप्ती

प्रेस विज्ञप्ति
मिति २०८१÷०७÷१३
प्रेस सेन्टर नेपाल स्वतन्त्र श्रमजीवी व्यावसायिक पत्रकारहरुको संगठन हुनुको नाताले यो संगठन पत्रकारिता क्षेत्रमा हुने हरेक खाले समस्या, विकृति विसङ्गतिहरुको विरुद्ध शसक्त रुपमा अग्रमोर्चामा रही डटिरहेको सर्वविदितै छ । सरकार परिवर्तनसँगै सरकारी सञ्चारमाध्यमले दिने समाचार तथा समाचारमुलक सामग्री सरकारपक्षीय राजनीतिक दलको प्रभावमा तयार भइ प्रकाशन एवम प्रशारण गर्ने कार्य स्वतन्त्र पत्रकारिताको मूल्य मान्यता अनुकुल देखिदैँन ।

यस्ता गतिविधिले सरकारी सञ्चारमाध्यमको विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । व्यवस्थापन र सम्पादकले राजनीतिक आस्थाका आधारमा समाचारमा प्रभाव पार्ने र कार्यरत पत्रकार तथा विभागीय कर्मचारीमाथि गरिने विभेदपूर्ण व्यवहारले उनीहरुको मनोबल खस्किने मात्र नभई यी सञ्चारमाध्यमको कार्यसम्पादन र विश्वसनीयतामा समेत गम्भीर आघात परेको छ ।

यसरी राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पत्रकारको नियुक्ति, सरुवा, बढुवा, घटुवा, निस्कासन, सेवा सुविधा बढाउने, घटाउने जस्ता कार्यले पेसागत सुरक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ । सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्षका यस्ता व्यवहारले संस्थालाई नै धरासायी बनाउने भएकाले यस्ता हर्कतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

अविलम्ब यस्ता हर्कतमाथि सुधार गर्न व्यवस्थापन पक्षसँग जोडदार माग गर्दछौँ । अन्यथा श्रमजीवी पत्रकार तथा कर्मचारीको हक हित तथा पेशागत सुरक्षाका साथै सार्वजनिक सञ्चार संस्थानहरुको प्रतिष्ठाको सुरक्षाका लागि प्रेस सेन्टर नेपाल जुनसुकै कदम चाल्न तयार रहेको अवगत गराउँदछौँ ।

चूडामणि नेपाल                             अर्जुन श्रेष्ठ                               मञ्जिमा ढकाल                        रत्न श्रेष्ठ
अध्यक्ष                                       अध्यक्ष                                        अध्यक्ष                              अध्यक्ष
नेपाल टेलिभिजन                         रेडियो नेपाल                            गोरखापत्र संस्थान               राष्ट्रिय समाचार समिति
प्रेस सेन्टर शाखा                         प्रेस सेन्टर शाखा                         प्रेस सेन्टर शाखा                 प्रेस सेन्टर शाखा

 


Thali Mobile Pvt.Ltd.