भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी

मधेश । संयुक्त मधेश संघर्ष समितिले महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०५ सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको छ ।

पहिचान आधारित प्रदेशको सीमांकन,पूर्ण समावेशी समानुपातिक पद्धति र निर्वाचन क्षेत्रको रुपमा प्रदेश, थ्रेस होल्डको समाप्ति, राष्ट्रिय सभाको वर्तमान स्वरुपमै जनसंख्याको हिसाबले प्रदेशहरुबाट प्रतिनिधित्व, प्रादेशिक राजनीतिक दलहरुको मान्यता, तथा राज्यका अंगहरुमा समानुपातिक समावेशी उपस्थिति संयुक्त मधेश संघर्ष समितिका मांगहर रहेका छन् । समितिमा तराई मधेश लोकतान्त्रिक पार्टी,

मधेशी राष्ट्रीय मुक्ति मोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी र एकीकृत समाजवादी पार्टीका समान विचारका नेताहरू शामिल छन् । समितिले यस अघि भाद्र ३१ गते धनुषाको जनकपुरधाममा पहिलो खबरदारी सभा गरेको थियो । मधेशको ठूलो पर्व छठ सकिने बित्तिक्कै सबै जिल्लाहरु खबरदारी सभा सम्पन्न गर्ने र त्यसपछि कार्यक्रमको अर्को चरणमा प्रवेश गर्ने तमलोपाका प्रचार विभाग प्रमुख उमेश मण्डल ले बताए ।

आजको खबरदारी सभामा बोल्दै पूर्व मन्त्री र माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेशका नेताहरुले कसैले देला र पाइएला भन्ने लालच छोडेर संघर्षमा सहभागी हुनु पर्दछ किनभने यो मात्र एक मात्र बाटो हो भनेका थिए । यादवले अहिलेको सरकार मधेश दबाउने र राज गर्ने नीतिमा चलेको आरोप लगाए ।

तमलोपाका अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले काँग्रेस र एमालेको भ्रष्टाचारको संरक्षण र मधेशी(थारुलाई राज्यको मामिलाबाट सकेसम्म वहिष्कृत गर्ने यी दुई प्राथमिकता र एजेन्डा रहेको बताउँदै स्थायित्वका कुरा गर्नेहरु कस्तो स्थायित्व चाहन्छन् भनी प्रश्न गरे । उनले काँग्रेस एमालेको अनौठो गठबन्धन निर्बाध सुन तस्करी, भूटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा घोटाला, गिरी टीबन्धु स्टेट घोटाला,

सहकारीको अर्बौं रकम हजमपच जस्ता भ्रष्टाचारको काण्ड र भ्रष्टाचारीहरु संरक्षण तथा यस्तैको निरन्तरताको निमित्त स्थायित्वको कुरा गर्छन् भन्ने आरोप लगाए । दुई दलीय व्यवस्था ल्याएर काँग्रेस एमाले मात्र शासन गर्न खोजेको बताउँदै उनले कहीं न हुने यस्तो गठबन्धनको यात्रा यसैको निमित्त भएको भने । अध्यक्ष लालले संविधानको उल्टो संशोधनको कुरा गर्नेलाई मधेशी र थारुले उटाई दिने र यसको निमित्त जस्तो संघर्ष गर्नु परे पनि गर्न संयुक्त मधेश संघर्ष समिति तयार रहेको चेतावनी दिए ।

 


Thali Mobile Pvt.Ltd.