भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अन्तर्राष्ट्रिय समर्थन बिना पनि युद्ध जारी रहने विदेशमन्त्री एली कोहेनको प्रतिक्रिया

अन्तर्राष्ट्रिय समर्थन बिना पनि युद्ध जारी रहने विदेशमन्त्री एली कोहेनको प्रतिक्रिया

एजेन्सी । अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताएका छन् । नेतेन्याहुले इजरायलले चाहे अनुसारको जित हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताएका हुन । गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला पनि उनले यस्ता अभिव्यक्ति दिएका हुन ।

संयुक्त राष्ट्र संघको महासभाले मङ्गलबार गाजामा युद्धविरामको माग गर्दै गैर बाध्यकारी प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा अन्धाधुन्ध बमबारी जारी राख्दा विश्वव्यापी समर्थन गुमाउन थालेको बताएका छन् । उनका विदेशमन्त्री एली कोहेनले अहिलको समयमा युद्ध रोक्नु भनेको आतंकवादी संगठन हमासको लागि उपहार हुने तर्क गर्दै गाजापट्टीमा अन्तर्राष्ट्रिय समर्थन बिना पनि युद्ध जारी रहने प्रतिक्रिया दिएका छन् ।

गाजामा इजरायली आक्रमणमा परि हालसम्म १८ हजार ६ सय प्यालेस्टाइनी नागरिक मारिएको बताइएको छ । अक्टोबर ७ तारिखमा हमास लडाुकले इजरायल प्रवेश गरेर आक्रमण गर्दा १२ सयभन्दा बढी इजरायली नागरिक मारिएका थिए । वेष्ट बैंक र गाजापट्टीमा भने युद्धपीडितहरुको बिचल्ली भएको छ । बुधबार रातीको आँधीले विभिन्न शिविरमा आश्रय लिएर बसेका हजारौ प्यालेस्टिनीहरूको अवस्था बिग्रिएको हो ।

 


Thali Mobile Pvt.Ltd.