भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध राख्ने देशहरूबाट अमेरिकामा आउने सामानहरूमा २५ प्रतिशत भन्सार कर (ट्यारिफ) लगाउने घोषणा गर्नुभएको छ ।

इरानमा सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिरहेका बेला तेहरानमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालिएको हुन सक्ने बीबीसीले जनाएको छ । ट्रम्पले यसअघि नै इरानले प्रदर्शनकारीमाथि दमन जारी राखे सैन्य हस्तक्षेप गर्न सकिने चेतावनी दिँदै आएका थिए ।

सोही सन्देशलाई बलियो बनाउँदै नयाँ ट्यारिफ नीति सार्वजनिक गरिएको बताइएको छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत इरानसँग ठूला व्यापारिक सम्बन्ध राख्ने देशहरूमा पर्छन् ।

अब यी देशहरूबाट अमेरिका भित्रिने इरानसम्बन्धी व्यापारिक सामानमा २५ प्रतिशत कर लाग्नेछ ।ह्वाइट हाउसकी प्रवक्ता कारोलिन लेभिटले हवाई आक्रमणलगायत सैन्य विकल्पहरू अझै पनि ‘टेबलमा’ रहेको बताउनुभएको छ ।

उहाँका अनुसार इरानको गतिविधि र त्यहाँको आन्तरिक अवस्थालाई नजिकबाट नियालिँदैछ र आवश्यक परे कडा कदम चालिनेछ । विश्लेषकहरूका अनुसार यो निर्णयले इरानमाथि मात्रै होइन, इरानसँग व्यापार गर्ने ठूला मुलुकमाथि पनि आर्थिक दबाब बढाउनेछ ।

यसले अन्तर्राष्ट्रिय बजार र कूटनीतिक सम्बन्धमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.