भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायली आक्रमणबाट गाजामा थप ५२ जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजामा थप ५२ जनाको मृत्यु

काठमाडौं । गाजाका विभिन्न स्थानमा इजरायली आक्रमणमा थप ५२ जनाको मृत्यु भएको छ। एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गाजापट्टीमा युद्धकाबीच हजारौं विस्थापित नागरिकले विद्यालयमा शरण लिइरहेका छन्। पछिल्लो समय इजरायलले विद्यालयमै निशाना बनाइरहेको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्धविरामका लागि ९ औँ पटक मध्यपूर्वको भ्रमण पूरा गरेका छन्। युद्धविरामका लागि यो पटक पनि इजरायललाई मनाउने प्रयास असफल भएको देखिन्छ।

सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ब्लिन्केनले ३ घण्टा लामो वार्ता गरेका थिए । तर इजरायलले थप शर्त तेर्स्याएपछि अमेरिका रुष्ट बनेको छ । पछिल्लो समय हमास–इजरायलले एकपछि अर्को शर्त थप्दै गएपछि मध्यस्तकर्ता देशलाई युद्धविराम गराउन थप सकस परेको देखिन्छ। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.