भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

ललितपुरबाट निकालियो मतयाः जात्रा

ललितपुरबाट निकालियो मतयाः जात्रा

काठमाडौं । ललितपुरमा मतयाः जात्रा निकालिएको छ। बुधबार बिहान ४ बजेदेखि नै दिपयात्रा शुरु भएको न्याकु जात्रा मतयाः सञ्चालन मूल समारोह समितिले जनाएको छ। धिमेलगायतका बाजागाजासहित विभिन्न वेशभूषामा सिँगारिएर पदयात्रामा निस्काने क्रममा राँगाको सिङबाट बनेको बाजा न्यकुको विशेष आकर्षण हुन्छ। यो जात्रालाई श्रृङ्गभेरी जात्रा पनि भनिन्छ ।

८५० वर्षअघिदेखि गाईजात्राको भोलिपल्ट अर्थात भाद्रकृष्ण द्वितीयामा हुने यो जात्रामा बौद्ध एवं हिन्दुधर्मावलम्बीले ललितपुर पाटन क्षेत्रका चार दिशामा रहेका चार अशोक स्तुपासहित विहार, महाविहार, चैत्य र देवालयको पैदलयात्रा गरी परिक्रमा गर्छन्।

दिवंगत आफन्तजनको आत्म शान्तिको कामना गर्दै दिप, अन्न, पुस्तक र मिठाइ आदि चढाउँदै गरिने करिब १५ घण्टाको कठिन पदयात्रामा हजारौं सहभागी हुने गर्छन्।

 


Thali Mobile Pvt.Ltd.