भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी इजरायलको आक्रमण

लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी इजरायलको आक्रमण

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थालेको छ । इजरायलमा क्षेप्यास्त्र र रकेट प्रहार गर्दै आएको आरोपसहित सेनाले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण थालेको जनाएको छ । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्ता डेनियल हगारीले इजरायल तर्फ गोलाबारी गर्न हिजबुल्लाहले गरेको व्यापक तयारीको पहिचान गरेको दाबीसमेत गर्नुभएको बीबीसीले जनाएको छ ।

इजरायल र हिजबुल्लाहबीच आक्रमण र तनाव थप बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । इजरायलले लेबनानी नागरिकलाई पनि इरान समर्थित शिया मुस्लिम समूह हिजबुल्लाह सक्रिय रहेका क्षेत्र तत्काल छोड्न चेतावनी दिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ । गएको जुलाईमा लेबनानको राजधानी बेरुतमा इजरायली हवाई आक्रमणमा शिया समूहका वरिष्ठ सैन्य कमाण्डर मारिएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.