भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला

जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला

जाजरकोट, ३१ साउन । जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा रती खत्री र उनका छोरा ओमसिंह खत्री मृत फेला परेका छन् ।

शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका उनीहरूको शव आइतबार बिहान उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले पहिरोमा पुरिएको अवस्थामा फेला पारेको हो ।

पहिरोमा परी आमा रती खत्री र उनका छोरा ओमसिंह खत्री बेपत्ता भएका थिए । सुरक्षाकर्मीको टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । शनिबार साँझ भेरी नगरपालिका–२ कै चिसापानीमा समेत पहिरो खसेको थियो । उक्त पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सोही पहिरोमा परेका ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटका डीएसपी बुद्धीसागर पुरीका अनुसार घटनास्थलमा सुरक्षाकर्मीको टोली परिचालन गरी खोजी तथा उद्धारको काम भइरहेको छ ।

पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा घटनास्थलसम्म पुग्न तथा उद्धार कार्य सञ्चालन गर्न समस्या भइरहेको डीएसपी पुरीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.