भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

काठमाडौं । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाअभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

न्यायिक समितिका प्रमुख जिम जोर्डनले अनुसन्धानबाट बाइडेनले निजी प्रयोजनका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको बताएका छन् । यद्यपि यसबारे बलियो प्रमाण भने रिपब्लिकनहरूसँग नभएको खबरमा उल्लेख छ ।

अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान दिइरहेका छन् ।

एजेन्सीहरूका अनुसार इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने र लोकतान्त्रिक संस्थाहरूमा असन्तुष्टि छर्ने काम गरिरहेको छ । चुनावी अभियानका क्रममा यही अगस्ट १० तारिखमा ट्रम्पको आन्तरिक सञ्चार ह्याक भएको थियो । तर एफबीआईको दावी इरानी अधिकारीहरुले अस्वीकार गर्दै आएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.