भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रधानन्यायाधीश नियुक्तिको तयारी, प्रचण्डबीच भेटवार्ता

प्रधानन्यायाधीश नियुक्तिको तयारी, प्रचण्डबीच भेटवार्ता

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने तयारी छ ।

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्ति गर्न लागिएको हो। यस बाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुन सक्ने जनाइएको छ। बिहीबार प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

निर्वाचन आयोगमा एक सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक जना र समावेशी आयोगमा एक सदस्य रिक्त छ । राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको छ। आजको बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।

 


Thali Mobile Pvt.Ltd.