भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानन्यायाधीश नियुक्तिको तयारी, प्रचण्डबीच भेटवार्ता

प्रधानन्यायाधीश नियुक्तिको तयारी, प्रचण्डबीच भेटवार्ता

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने तयारी छ ।

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्ति गर्न लागिएको हो। यस बाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुन सक्ने जनाइएको छ। बिहीबार प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

निर्वाचन आयोगमा एक सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक जना र समावेशी आयोगमा एक सदस्य रिक्त छ । राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको छ। आजको बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।

 


Thali Mobile Pvt.Ltd.