भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालिबहादुर खाम धेरै घटनाका फरार अभियुक्त

कालिबहादुर खाम धेरै घटनाका फरार अभियुक्त

काठमाडौं । कोटेश्वर काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कालिबहादुर खाम धेरै घटनाका फरार अभियु भएको बुझिएको छ । यता मनाङ प्रहरीको समेत खोजी सूचीमा छन् ।

मंगलबार ठमेलबाट पक्राउ गरेका खामको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेको खुलेको हो । १ साउन २०७१ मा मनाङको साविक धारापानी गाविस ५ स्थित सडकमा ग २ च ३०१ नम्बरको बोलेरो जिपलाई प्रहरीले जाँच गरेको थियो । जाँचको क्रममा उक्त गाडीमा एके ४७ सेभेन राइफलल १ थान, त्यसमा लाग्ने ७ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ७ राउण्ड गोली र १ थान खोका बरामद भएको थियो ।

उक्त मुद्दामा कालिबहादुर खामसहित ८ जना भने फरार रहेका थिए । प्रहरीको रेकर्डमा खाम फरार देखिएकाले उनलाई चितवनपछि मनाङ समेत पठाउने प्रहरीले तयारी गरेको छ । काठमाडौंमै अर्को कसुर खामलाई १० हजार जरिवाना सुनाइएको पनि सीआरएसमा देखिएको छ ।

काठमाडौं महानगरपालिका २६ गोंगबुमा रहेको खामको कोठाबाट काठमाडौं प्रहरीले १० राउण्ड गोली बरामद गरेको थियो । खामलाई त्यतिबेला खोजी गरिए पनि भेटिएका थिएनन् । उनै खाम कोटेश्वरबाट व्यापारी रामहरिलाई अपहरण गरेर चितवनको तत्कालीन माओवादी लडाकुको शक्तिखोरस्थित डिभिजन लगेर कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.