भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाको नियुक्तिपत्र नै रद्द

कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाको नियुक्तिपत्र नै रद्द

काठमाडौं । लोक सेवा आयोगमार्फत सञ्चालन गरेको नेपाल विद्युत प्राधिकरणको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरुको नियुक्तिपत्र रद्द भएको छ । प्राविधिक सेवा, इलेक्ट्रिकल समूह, उपसमूह, तह ५, सुपरभाइजर पदका करिब ३७ जना परीक्षार्थीले १४ माघमा लिएको नियुक्ति पत्र रद्द गरिएको हो ।

विभिन्न आरक्षित समावेशी कोटामा पदपूर्ति हुन नसक्दा खुलातर्फबाट परीक्षामा सहभागी भएर वैकल्पिक उम्मेदवारलाई मौका दिएको थिएन । त्यसविरुद्ध जितेन्द्र सिंहसहितका उम्मेदवारले नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय काठमाडौंविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर गरेका थिए ।

मंसिर २१, २७, २८ र २९ गते प्राधिकरणले प्रकाशित गरेको विभिन्न पदको नतिजा तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले ८ माघमा अन्तरिम आदेश दिएको थियो ।आदेशपछि प्राधिकरणले दिइसकेको नियुक्ति पत्र रद्द गरिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.