भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

रक्षा सम्वाददाता अभिमुखीकरण

रक्षा सम्वाददाता अभिमुखीकरण

बाँके । रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण सुरु भएको छ । राझास्थित श्री ४ नं बाहिनिमा सुरु भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ । सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरूको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सेनाले गरिरहेका क्रियाकलापलाई नागरिक समक्ष पुर्‍याउन र नागरिक प्रतिउत्तरदायी बनाउन सञ्चारकर्मीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

तालिममा सेनाले गरिरहेका क्रियाकलाप, सेना र मानव अधिकार, सेना र नागरिक बीचको सम्बन्ध, सूचनाको हकलगायतका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिने उत्तर पश्चिम पृतनाका प्रवक्ता सेनानी रेनु शाहले जानकारी दिए ।

पहिलो दिन प्रशिक्षकका रूपमा प्रमुख सेनानी अनिल सुवेदीले सेनाको कानूनी व्यवस्था र प्रमुख सेनानी निखिल चन्दले सेना संरचनाका विषयमा प्रशिक्षण दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.