भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायलको पेट्रोकेमिकल प्लान्टमा इरानको मिसाइल आक्रमण

इजरायलको पेट्रोकेमिकल प्लान्टमा इरानको मिसाइल आक्रमण

काठमाडौँ, १५ चैत्र । अमेरिका र इजरायल तथा इरानबीच जारी द्वन्द्व ३१औँ दिनमा प्रवेश गरेको छ। युद्धसँगै क्षेत्रीय तनाव झनै चर्किँदै गएको छ। यसैबीच इरानले दक्षिणी इजरायलको एउटा पेट्रोकेमिकल प्लान्टमा मिसाइल आक्रमण गरेको छ। आक्रमणपछि प्लान्टमा भीषण आगलागी भएको र विषाक्त ग्यास चुहावटको जोखिम बढेको बताइएको छ।

घटनामा एक व्यक्ति घाइते भएका छन्। आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो। हमलापछि स्थानीय अधिकारीहरूले आसपासका बासिन्दाहरूलाई घरभित्रै बस्न, झ्याल ढोका बन्द राख्न र बाहिर ननिस्कन आग्रह गरेका छन्।

उक्त प्लान्टमा तेल र प्राकृतिक ग्यासबाट प्लास्टिक तथा अन्य आवश्यक रसायन उत्पादन गरिन्छ, जुन दैनिक प्रयोगका धेरै वस्तुहरूमा प्रयोग हुन्छ। यद्यपि प्रारम्भिक जानकारीअनुसार खतरनाक रसायन बाहिर फैलिएको पुष्टि भएको छैन।

यसैबीच इरानको संयुक्त सैन्य कमान्डका प्रवक्ताले अमेरिका र इजरायलका अधिकारीहरूको निजी निवासलाई अब ‘वैध लक्ष्य’ मानिने चेतावनी दिएका छन्। यसले पश्चिम एसियामा तनाव अझै बढ्ने संकेत दिएको छ। अर्कोतर्फ, दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 


Thali Mobile Pvt.Ltd.