भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोटको एस मोड र हुल्ममा पहिरो जाँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

बाढी पहिराले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको छ। छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सूचना अधिकारी जिटीले बताए।

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँमा सरकारको ध्यान जान नसक्दा कर्णालीका नागरिकले दुस्ख पाउने गरेका छन्।

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बिच बाटोमा रोकिँदा सयौं यात्रु अलपत्रमा परेका छन्। रासस

 


Thali Mobile Pvt.Ltd.