भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

‘हावाको कुरा गरौँ’ अभियान शुरु,उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रम

‘हावाको कुरा गरौँ’ अभियान शुरु,उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रम

काठमाण्डौ । ‘हावाको कुरा गरौँ’ अभियान काठमाडौंमा शुरु भएको छ । काठमाण्डौ उपत्यकामा वढ्दै गएको वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन हाँडीगाउँको अंशुवर्मा डबलीबाट काठमाण्डौ महानगरपालिकाले अभियान शुरु गरेको हो ।

समुदायको सहभागिता र सचेतना बढाउन अभियान शुरु गर्नु अघि नारायण चौरबाट पैदल यात्रा गर्दै प्रदूषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ ।

कार्यक्रममा काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धरले उपत्यकाको हावा स्वच्छ बनाउने अभियान शुरु गरेको बताउनुभयो ।काठमाण्डौ उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रमका बारेमा यूएसएडले प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताएको छ ।

सहरको वायु प्रदूषण भइरहेको छ । यसका असर कस्ता हुन्छन्, असर कसरी घटाउन सकिन्छ, स्थानीय अवस्था र आवश्यकताका विषयमा उपत्यका विभिन्न ठाउँहरुमा कुरा हुनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.