भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिइन्

रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिइन्

काठमाडौं , ९ माघ । रुपन्देही–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) की कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बसोबासका क्रममा प्राप्त स्थायी आवास अनुमति परित्याग गरेको तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी हुन् ।

थापाले पार्टीको आग्रहपछि संविधानको मर्म र भावनाअनुसार उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत बताएकी छन् । उनले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति ( पीआर ) लिएको भए पनि नेपाली नागरिकता र राहदानी बाहेक अन्य कुनै पनि देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन् । तर संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा हुनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी पाएपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले उल्लेख गरेकी छन् ।

उम्मेदवारी फिर्ता लिए पनि देशसेवाको भावना नरोकिने उल्लेख गर्दै थापाले राजनीति भित्र वा बाहिर रहेर प्रविधि , उद्यमशीलता , युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले भविष्यमा उचित समय र स्पष्ट कानुनी आधारसहित पुनः जनतासामु उभिने पनि बताएकी छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.