भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

काभ्रेपलाञ्चोक । जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार पाए ।

सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए । गाउँपालिकाले आफ्ना समस्याका बारेमा बुझ्ने, भत्ता, छाता र लौरो आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।

खानीखोला गाउँपालिका–५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।

वडा नं ५ बाट एक सय नौजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकलाई सो उपहार प्रदान गरेको वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बताए । सो वडाबाट हरेक महिनाको एकपटक ६० वर्ष माथिका ज्येष्ठ नागरिकको घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रममार्फत नियमित स्वास्थ्य परीक्षण गर्दै आएको उनले बताए ।

‘सामाजिक सुरक्षा भत्ताकार्ड’ हरेक आर्थिक वर्षमा नवीकरण गर्न वडामै पुगेर गर्नुपर्ने व्यवस्था भए पनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडा नं ५ ले घरघरमै गएर सामाजिक सुरक्षा भत्त कार्ड नवीकरण गर्दै आएको वडासचिव चण्डिका थापाले बताए ।
गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुग्ने गरेको बताए ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले विकट भूगोल भएकाले वडामै पुगेर सेवा दिने व्यवस्था गरेको बताए । वडा नं ५ पालिकाकाकै केन्द्र भएकाले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमा बैंक रहेकाले त्यहाँसम्म पुग्न अरु वडाको तुलनामा अलि सहज भएकाले कतिपयको भने सुरक्षा भत्ता बैंकबाटै वितरण थालिएको उनले बताए ।

गाउँपालिकाले वडा नं ४ बाट सुरु गरेको लौरो र छाता उपहार कार्यक्रमलाई सबै वडामा वितरण गरिसकेको पालिकाले जनाएको छ । गाउँपालिकामा एक हजार एक सय सातजनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.