भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर नपाले ख्वप विश्वविद्यालयको स्वीकृति पाउनुपर्छः शिक्षा मन्त्री भट्टराई

भक्तपुर नपाले ख्वप विश्वविद्यालयको स्वीकृति पाउनुपर्छः शिक्षा मन्त्री भट्टराई

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गर्नुभयो ।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निरीक्षण गर्नुभएको हो । मन्त्री भट्टराईलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजमा स्वागत गर्नुभएको थियो ।

निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्वीकृति पाउनुपर्छ भन्ने विषयमा आफू सँधै सकारात्मक रहेको बताउनुभयो ।

ख्वप विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको र यसले पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
विश्वविद्यालयमा बन्द हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताउँदै उहाँले विश्वविद्यालयमा हुने अराजनैतिक गतिविधि नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो ।

नेमकिपाका सचिव प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिँदै ख्वप विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

मानव सभ्यताको विकासको सिलसिलामा विश्वविद्यालय नगर राज्यले सञ्चालन गरेको उदाहरणहरू प्रस्तुत गर्दै उहाँले ख्वप विश्वविद्यालय विधेयक संसदबाट छिटो पारित भए विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हासिल गर्ने अवसर पाउने बताउनुभयो । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न भक्तपुर नपा वडा नं १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्तिको लागि नेपाल ट्रष्टसमक्ष पटक पटक पत्राचार समेत गरिसकेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।

मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी संख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगर प्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.