भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भक्तपुर नपाले ख्वप विश्वविद्यालयको स्वीकृति पाउनुपर्छः शिक्षा मन्त्री भट्टराई

भक्तपुर नपाले ख्वप विश्वविद्यालयको स्वीकृति पाउनुपर्छः शिक्षा मन्त्री भट्टराई

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गर्नुभयो ।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निरीक्षण गर्नुभएको हो । मन्त्री भट्टराईलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजमा स्वागत गर्नुभएको थियो ।

निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्वीकृति पाउनुपर्छ भन्ने विषयमा आफू सँधै सकारात्मक रहेको बताउनुभयो ।

ख्वप विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको र यसले पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
विश्वविद्यालयमा बन्द हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताउँदै उहाँले विश्वविद्यालयमा हुने अराजनैतिक गतिविधि नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो ।

नेमकिपाका सचिव प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिँदै ख्वप विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

मानव सभ्यताको विकासको सिलसिलामा विश्वविद्यालय नगर राज्यले सञ्चालन गरेको उदाहरणहरू प्रस्तुत गर्दै उहाँले ख्वप विश्वविद्यालय विधेयक संसदबाट छिटो पारित भए विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हासिल गर्ने अवसर पाउने बताउनुभयो । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न भक्तपुर नपा वडा नं १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्तिको लागि नेपाल ट्रष्टसमक्ष पटक पटक पत्राचार समेत गरिसकेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।

मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी संख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगर प्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.