भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रिट दर्ता रोकिएको भन्दै नेपाल बारको विरोध, आन्दोलन घोषणा

रिट दर्ता रोकिएको भन्दै नेपाल बारको विरोध, आन्दोलन घोषणा

काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता नै हुन नसकेको भन्दै नेपाल बार एशोसिएशनले विरोध जनाएको छ। बारले पाँच बुँदे विमति राख्दै आन्दोलनको घोषणा गरेको हो।

बारको हिजो बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएको भन्दै गम्भीर आपत्ति जनाएको छ। निवेदन बिना कारण रोकिँदा न्याय प्रक्रियामा अवरोध पुगेको बारको ठहर छ। बारले आज दिउँसो सवा १ बजे लालटिन बालेर विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेको रिट दरपिठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिए पनि सर्वोच्च अदालत प्रशासनले दर्ता नगरेको बताइएको छ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उक्त सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले रिट पेस गरेका थिए, तर प्रशासनले दर्ता अस्वीकार गरेको जनाइएको छ।

त्यसपछि उनीहरूले दरपिठविरुद्ध निवेदन दिएका थिए। तर उक्त निवेदन पनि होल्डमा राखिएपछि विवाद कामु प्रधानन्यायाधीशसमक्ष पुगेको हो। नेपाल बारले यस घटनालाई न्यायमा अवरोध भएको भन्दै तत्काल समाधान गर्न माग गरेको छ।

 


Thali Mobile Pvt.Ltd.