भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक खस्दा ४ जनाको मृत्यु

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक खस्दा ४ जनाको मृत्यु

ललितपुर, २ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ।

त्यस्तै, ट्रकमा सवार अन्य दुई जना पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

अस्पतालमा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे जिल्ला प्रहरी परिसर ललितपुरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.