भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक खस्दा ४ जनाको मृत्यु

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक खस्दा ४ जनाको मृत्यु

ललितपुर, २ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ।

त्यस्तै, ट्रकमा सवार अन्य दुई जना पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

अस्पतालमा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे जिल्ला प्रहरी परिसर ललितपुरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.